गण्डकी बजेट : बनाउने पृथ्वीसुब्बा गुरुङ, प्रस्तुत गर्ने कृष्णचन्द्र नेपाली
१ असार २०७८, मंगलवार १७:११
काठमाडौं । सातै प्रदेश सरकारले आज आर्थिक बर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको छ । गण्डकी प्रदेश सरकारले पनि नयाँ बजेट प्रस्तुत गेको छ ।
गण्डकी प्रदेश सभामा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नयाँ बजेट प्रस्तुत गरे । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका प्रत्येक स्थानीय तहलाई १ करोड बजेट छुट्याएको छ ।
रोचक कुरा के छ भने नयाँ आर्थिक बर्षको बजेट निर्माण गर्ने काम निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका हुन् । कृष्णचन्द्र नेपालीले शथ ग्रहण गरेको तेश्रो दिनमै बजेट प्रस्तुत गर्नुपरेको हो । उनले आफ्नो ईच्छाले बजेटका कुनै पनि कार्यक्रमलाई समेट्न पाएनन् ।
पृथ्वीसुब्बा गुरुङले तयार पारेको बजेट नै कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा जस्ताको तस्तै प्रस्तुत गरे । बजेट प्रस्तुत गरिरहँदा वाचन गर्दा गर्दै उनी धेरै ठाउँमा अक्कमक्क परे । केही कार्यक्रहरु वारे उनलाई जानकारी नै थिएन । उक्त कार्यक्रमहरु वाचन गर्दा उनी केही रोकिएका जस्तै देखिन्थे ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीसमेत आफैंले लिएका कारण मुख्यमन्त्रीले बजेट वाचन गरेका हुन । निवर्तमान् मुख्यमन्त्री गुरुङले कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई ५० हजार दिने, आमा बुबा नभएका बालबालिका लागि मासिक पाँच हजार दिने लगायतका कार्यक्रमहरु समावेश गरेका थिए । जुन मुख्यमन्त्री नेपालीले बजेट कार्यक्रममा प्रस्तुत गरे ।
सबै कार्यक्रम तयार गरेर बजेट निर्माण गरेको निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसक्दा बहुमत सहितको आधारमा कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका हुन् ।
नियुक्त भए लगतै मन्त्रालय बाँडफाँड र सरकार विस्तारमे अल्झिएको मुख्यमन्त्री नेपालीले बजेट वारे अध्ययन गर्ने समय पनि पाएनन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार बजेट पहिले नै तयारी अवस्थामा रहेको थियो । सरकार गठन भएसँगै त्यसलाई औपचारिकता अनुसार प्रस्तुत गरिएको जनाएको छ ।
पृथ्वीसुब्बा गुरुङले बनाएको कार्यक्रम र तयार पारेको बजेट अनुसार मुख्यमन्त्री नेपालीले कसरी कार्यान्वयन गर्नेछन् त्यो भन्ने हेर्न बाँकी नै छ ।
फिलमी फन्डा

फेसबुकबाट तपाईको प्रतिक्रिया