कोरोना नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले खर्च गर्यो ३६ करोड ४८ लाख – Nagarikabhiyan : National News

कोरोना नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले खर्च गर्यो ३६ करोड ४८ लाख

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३६ करोड ४८ लाख ७० हजार खर्च गरेको छ ।

कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि ‘सुदूरपश्चिम प्रदेश कोरोना भाइरस (कोभिड १९) रोगको जाखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोष (स्थापना तथा सञ्चालन) निर्देशिका २०७६’ अनुसार ३६ करोड ४८ लाख ७० हजार खर्च गरेको जनाएको छ।

कोषमा जम्मा भएको ४२ करोड ५५ लाख ४९ हजार ४६० रुपैयाँमध्ये प्रदेशका नौ जिल्लाका विभिन्न स्थानमा कोरोना अस्पताल स्थापना,ल्याव सञ्चलन, विभिन्न उपकरण खरिद तथा स्थानीय तहलाई राहत वितरण तथा क्वारेन्टिन निर्माणमा खर्च भएको प्रदेश सरकारले जनाएको छ ।