निषेधाज्ञा उल्लङ्घन गरेर होटल खोल्ने संचालकलाई चार लाख ज’रिवाना
३१ जेष्ठ २०७८, सोमबार ११:०१
काठमाडाैं । निषेधाज्ञाको उ’ल्लङ्घन गरेको आ’रोपमा स्थानीय प्रशासनले काठमाण्डौको एक होटललाई चार लाख रुपियाँ ज’रिवाना गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई निषेधाज्ञाको उ’ल्लङ्घन गरेर होटल खोलेको आ’रोप लगाएर चार लाख रुपैयाँ ज’रिवाना तिराएको हो ।
निषेधाज्ञाको समयमा सेवाग्राही बनेर गएका आठ जनाले हो’हल्ला गरेपछि प्रहरी त्यस होटलमा पुगेको थियो। त्यसपछि होटल संचालाक्सहित नौ जनालाई प्रहरीले प’क्राउ गरेर आबश्यक का’रबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बुझाएको थियो।
होटल संचालकलाई चार लाख रुपियाँ ज’रिवाना ति’राएको जिल्ला प्रशासन कार्यालय काठमान्डौले आठ जना सेवाग्राहीलाई प्रति व्यक्ति १५ हजार रुपियाँ ज’रिवाना तिरा’एर छाडेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।
यस अघि पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले निषेधाज्ञा उ’ल्लङ्घन गरेर डिपार्टमेन्टल खोलेको आ’रोपमा कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरका म्यानेजरलाई ज’रिवाना असुलेको थियो।
प्रशासनले लगाएको निषेधको आदेश उ’ल्लंघन गरे व्यक्तिलाई १ लाख र संस्थालाई ५ लाख रुपैयाँसम्म ज’रिवाना हुनसक्ने कानूने व्यवस्था छ ।
समय नेपाल बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया