खुला गरेका नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दूतावासको आग्रह – Nagarikabhiyan : National News

खुला गरेका नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दूतावासको आग्रह

काठमाडौं । भारतस्थित नेपाली दूतावासले सरकारले खुला गरेका नाकाबाट मात्रै नेपाल प्रवेश गर्न आग्रह गरेको छ।

आज एक विज्ञप्ति जारी गर्दै दूतावासले बाध्यात्मक कारणले स्वदेश फर्कनैपर्ने स्थितिमा रहेकालाई सहजीकरण गरी स्वदेश फर्काउन नाका खुला गरिएको जनाएको छ।

सीमा नाकाबाट नेपाल प्रवेश गरेपश्चात होल्डिङ सेन्टरमा राखिने दूतावासले जनाएको छ।

भारतबाट फर्कन खुला गरिएका २० प्रवेश बिन्दुहरू: 
पशुपतिनगर (इलाम), काकडभिट्टा (झापा), रानी (मोरङ), कुनौली (सप्तरी), ठाडी (सिराहा), माडर (सिराहा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), गौर (रौतहट), वीरगञ्ज (पर्सा), महेशपुर (नवलपरासी पश्चिम), वेलहिया (रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), सुरजपुर, गुलरिया (बर्दिया), गौरिफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), झुलाघाट (वैतडी) र दार्चुला (दार्चुला)