कोरोना कारण युवा उद्यमी दिपेन्द्र पोखरेलको निधन – Nagarikabhiyan : National News

कोरोना कारण युवा उद्यमी दिपेन्द्र पोखरेलको निधन

बिर्तामोड। झापाका युवा उद्यमी दिपेन्द्र पोखरेलको निधन भएको छ । कोरोना संक्रमण भई विगत एक महिनादेखि काठमाडौंमा उपचाररत युवा उद्योगी पोखरेलको गएराति बुधवार निधन भएको हो ।

काठमाडौंको नर्भिक हस्पिटलमा बुधवार राति १२ बजे पाखरेलको निधन भएको उनका कान्छा भाइ प्रविण पोखरेलले जानकारी दिनुभयो । ५३ वर्षीय पोखरेल विगत ३६ दिनदेखि त्यहाँ उपचाररत रहनुभएको थियो । नेपाल प्लाइउड भेनियर सघका प्रदेश अध्यक्ष पोखरेल उद्योगीसँगै राजनीतिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहनुभएको थियो । बिर्तामोड ३ निबासी पोखरेलका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

गोरखापत्र अनलाइन बाट