इनरुवा बजार विहीबारदेखी खुल्ने
२१ जेष्ठ २०७७, बुधबार १५:५९
इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रका बजार पसल लकडाउनको समयमा समेत खुल्ने भएको छ । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले डाक्नुभएको सर्वपक्षिय बैठकको सुझाव र उद्योग वाणिज्य संघ इनरुवाको समन्वयमा विहीबार विहान १० वजेदेखी दिउसो ४ बजेसम्म खुल्ने भएको हो । प्रमुख राजन मेहताले बहुसरोकार परामर्श बैठकबाट आएको सुझावको आधारमा बजार खोल्ने निर्णयमा पुगेको बताउनुभयो ।
वहाँले बैठकमा क्वारेन्टाइन ब्यबस्थापन, स्वास्थ्य सुरक्षा सामाग्री, व्यबस्थापन र गर्भवती,सुत्केरी तथा बिमारीहरुको बारेमा छलफल भएको बताउनुभयो । लकडाउनको प्रभावकारितालाई समिक्षा गर्दै कार्यालय समयमा नै बजार खोल्ने र उक्त बजार ब्यबस्थापन र अनुगमन संयन्त्र बनाएको बताउनुभयो ।
उता सुनसरीका विभिन्न स्थानीय तहले ब्यबस्थापन गरेका क्वारेन्टाइनमा ८५० जना ब्यक्ति रहेका छन । इनरुवामा क्वारेन्टाइनको हालको अवस्था १२० बाट ३५० बेड क्षमता पु¥याउन आग्रह सरोकारबालाहरुले गरेका छन् । कोरोना बिरुद्धको संघर्षमा एकताबद्ध भएर जुट्न आवश्यक समन्वय र सहकार्यका लागि स्थानिय सरकार मार्फत प्रदेश सरकार,संघिय सरकार एवं विषयगत सरोकारवालाहरु र सुरक्षा प्रशासन बिच समन्वय र निरन्तर सहकार्यको पहल जारी राख्नुपर्ने सुझाव दिएका छन् ।
लकडाउनको मर्मलाई ख्याल गरि आमसर्बसाधारणको दैनिक आवश्यकतालाई ध्यान दिंदै उपभोक्ता समूह, उद्योग वाणिज्य संघ, प्रशासन बिचको समन्वयमा दैनिक निश्चित समय १० बजेदेखी ४ बजेसम्म तोकेर बजार खोल्ने भएको छ भने पसलमा सामाजिक दुरि कायम, साबुन, पानी र सेनिटाइजरको ब्यबस्था गर्नुपर्ने भनिएको छ ।
त्यसका लागि सेवालाई नियमित र प्रभावकारी बनाउन उपभोक्ता मंच, उवासंघ, नगरपालिका, नागरिक समाज, विषयगत सरोकारवाला एवं प्रशासन बिचको सहभागितामा बजार अनुगमन संयन्त्र गठन गरेको उवासंघका अध्यक्ष विरेन्द्र साहले बताउनुभयो । लकडाउनको अवधिमा बालबालिका, जोखिम अवस्थामा रहेका महिला, गर्भवती,एकल,बृद्धबृद्धा, अपाङ्गता भएका ब्यक्ती, अशक्त बिमारि, दिर्घरोगी एवं अशक्तहरुका बिशेष आवश्यक्ता र अवस्थालाई उच्च प्राथमिकतामा राखि सम्बोधन गर्नेभएको छ ।
कार्यक्रममा सहागिहरुमा इनरुवा नपाका प्रमुख राजन मेहता, उप प्रमुख जमुना गौतम,पूर्व मेयर खेमराज पोखरेल,नेकपा प्रदेश सदस्य पोष्ट नेपाल, नेपाली कांग्रेस जिल्ला सचिब केदार भण्डारी, प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, इनरुवा नपाका प्रमुख प्रशासकिय अधिकृत सडकुमार पोखरेल, नेपाल प्रहरी र शसस्त्र प्रहरिका उपरीक्षकहरु, नेपाल वार जिल्ला इकाइका अध्यक्ष,उपाध्यक्ष शारदा अधिकारी ,सुमनचन्द्र कार्की, अधिवक्ताहरु राम घिमिरे,कृष्ण दाहाल, मणिदुलाल, नेकपाका गोपि ढकाल,ओके दाहाल,तिर्थ अधिकारी, तोया गिरि, प्रदिप ढकाल र धिरज भट्टराई, सिताराम पोदार, गैसस महासंघका जिल्ला कोषाध्यक्ष मेघराज न्यौपाने, नेपाल भारत मैत्री संघका हेमराज पोखरेल, मानव अधिकार संजाल सुनसरी संयोजक रमेश भट्टराई, इनरुवा नगरपालिकाका वडा अध्यक्षहरु समेत रहनुभएको थियो ।
कार्यक्रममा इनरुवा १ का रामचन्द्र पोदार, सुरेन्द्र यादब, कालुराम गुरुङ , अन्जनी पोखरेल कोसराज अधिकारी, रबिन्द्र मंडल, बसिर अन्सारी,सुल्तान मियाँ , सदस्यहरु कालिका तिम्सिना,रन्जेश भट्टराई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया