काठमाडौंको बौद्धमा बोराभित्र मानिसको एउटा खुट्टा भेटियो – Nagarikabhiyan : National News

काठमाडौंको बौद्धमा बोराभित्र मानिसको एउटा खुट्टा भेटियो

काठमाडौं । काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोराभित्र मानिसको एउटा खुट्टा भेटिएको छ ।

खबर पाउनासाथ मंगलबार बिहान चिकित्सकसहित घटनास्थल पुगेको महानगरीय प्रहरीको टोलीले मानिसको एउटा मात्र खुट्टा भएको बोरा अनुसन्धानका लागि लिएर गएको छ ।

काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार बौद्धस्थित दिव्य पार्टी प्यालेसनजिक खाली जग्गामा बोराभित्र मानिसको एउटा खुट्टाको भाग मात्र भेटिएको हो ।

‘बोरोभित्र केही पराल र जलेको अवस्थामा मानिसको एउटा मात्र खुट्टा भेटिएको छ,’ एसएसपी सिंहले भने, ‘अन्यत्र कतै हत्या गरेर यहाँ खुट्टा मात्रै फालिएको हुन सक्छ ।’

उनका अनुसार दाहिने खुट्टाको भाग भएको र त्यो बच्चा नभएको देखिएको छ तर महिला हो कि पुरुष अहिले पहिचान हुन सकेको छैन ।

खबर सेन्टर बाट