फौजदारी अभियोगमा सजाय पाएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै बैठक अवरुद्ध
२४ जेष्ठ २०७८, सोमबार १६:४१
सुर्खेत। नेकपा एमालेले फौजदारी अभियोगमा सजाए पाएका व्यक्तिलाई कर्णाली प्रदेश सरकारले मन्त्रीमा नियुक्त गरेको भन्दै बर्खास्त गर्न माग राखेर प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आजदेखि सुरु भएको प्रदेशसभाको बैठकको सुरुमै एमाले संसदीय दलका नेता यामलाल कंडेलले अदालतले अभियोग पुष्टी भइसकेका नैतिक पतन नभएका व्यक्तिलाई सरकारमा राखेको बन्दै नसच्चाएसम्म बैठक चल्न नसक्ने बताउनुभयो ।
म उहाँले प्रदेश सरकार राजनीतिक अपराधि संलग्न रहेको सरकारका रुपमा रहेको भन्दै सच्चाउन माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक निर्णय लिन पाइनछ तर राजनीतिक अपराध गर्न पाइदैन् । अदालतले अभियोेग पुष्टी गरिसकेका व्यक्ति झण्डा हल्लाउँदै योे सम्मानि सभामा आउँदा सभाको मर्यादा हुँदैन् । यो सभा नैतिक मुल्यमान्यताबाट चलेको संस्था हो ।’ कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा मन्त्री भइसके पछि किर्ते जालसाजी मुद्धामा जेल सजाए पाएको खुलेको थियो । मुख्यमन्त्रीले थाहा हुँदा हुँदै पनि मन्त्री पदबाट बखास्त नगरेको भन्दै बिरोध हुँदै आएको छ । फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिए पछि उहाँ बैशाख ४ गते मन्त्रीमा नियुक्ती हुनु भएको थियो ।
नेता कंंडेलले अभियोग प्रमाण्ति भइसकेको व्यक्ति सार्वजनिक जिम्मेवारीमा बस्न नपाउने व्यवथा हुँदाहुँदै प्रदेश सरकारले संरक्षण गेको बताउनुभयो । उहाँले यस अघि पनि यस्ते परिस्थिति आउँदा मुख्यमन्त्रीले अभियोग नै प्रमाणित नभई तत्तकाल बखास्त गरेको र अहिले पनि त्यही हुनुपर्ने भएपनि राजनीतिक अपराधिलाई संरक्षण गरेको आरोप लगाउनुभयो ।
उहाँले यो स्थिति कायम रहँदासम्म प्रश्न चिन्ह उठ्ने र अरु प्रदेश सभा सदस्य मुखदर्शक भएर बस्दा सभाको मुल्य , मान्यता र लोकतन्त्र के हुन्छ भनेर प्रश्न गर्नुभयो । एमालेले अवरुद्ध गरे पनि बैठक आधा घण्टाका लागि स्थिगित भएको छ ।
गोरखापत्र बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया