प्रधानन्यायाधीशले गठनगरेको संवैधानिक इजलास फेरी विवादमा, अग्नि खरेलले पनि उठाए प्रश्न – Nagarikabhiyan : National News

प्रधानन्यायाधीशले गठनगरेको संवैधानिक इजलास फेरी विवादमा, अग्नि खरेलले पनि उठाए प्रश्न

काठमाडौं ।  पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटविरुद्धको रिटमाथि सुनुवाइका लागि इजलास के आधारमा गठन गरियो भन्दै प्रश्न गरेका छन् । ‘यो इजलास गठनको आधार के हो ? इजलास गठन गर्ने पुरानो ट्रेन्ड गलत थियो ? अहिले नयाँ ट्रेन्ड बनाइएको हो ?,’ उनको प्रश्न थियो । यसअघि महान्यायाधिवक्ता रमेश बडाल र अधिवक्ता सुशील पन्तले पनि इजलास गठनबारे प्रश्न गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए । संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई छानेका छन् ।