सीमावर्ती क्षेत्रमा पनि लकडाउनको कार्यन्वयन – Nagarikabhiyan : National News

सीमावर्ती क्षेत्रमा पनि लकडाउनको कार्यन्वयन

देवानगंज, चैत २७ गते ।  संघीय सरकारले गरेको लकडाउनको १७ औं दिन पनि सुनसरी जिल्लाको सीमावर्ती र दक्षिणवर्ती गाउँपालिकाको बजारहरु सुनशान देखिएको छ । स्थानीयको सम्वयमता र प्रहरीको सुरक्षा स्वर्तकता अपनाएकाले लकडाउनको पूर्ण रुपमा कार्यान्वयन भएको हो ।
सुरुमा नागरिकको जनचेतनाको कमिले लक डाउनको खासै प्रभाव नभए पनि अहिले आएर बजार पूर्ण रुपमा सुनशान देखिएको देवानगञ्ज २ का डुमरलाल मेहताले जानकारी दिनुभयो । सीमावर्ती गाउँपालिका वर्जु, देवानगञ्ज , हरिनगर, कोशी, भोक्राहा नरसिंह र गढी सहितमा लक डाउन कार्यान्वयन पूर्ण रुपमा भएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताउनुभयो ।
लक डाउनको कार्यान्वयन भएपनि सीमाका किसानहरुलाई भने सम्मसाया भएको छ । तरकारी खेती, मकै, गहुँखेतीको सिजन भएकाले किसानहरु समस्यामा परेको हो । लकडाउनको बेला बजारमा मलखाद, अवश्यकता अनुसारको डिजेल नपाउदा खेती नै नाश हुने चिन्ता बढेको किसान रामचन्द मेहताले गुनासो गर्नुभयो ।
साहु महाजनसंग चर्को ब्याजमा ऋण लिएर खेती गरेको र अहिले अन्न उत्पादन गर्ने बेलामा कोरोना महामारीको कारणले लगाएको लक डाउन हुदाँ किसान मारमा परेको मेहताको भनाई छ ।
देवानगंज वडा नं. १ का किसान मनोज मेहताको अनुसार आफूले १ बिगाहामा लगएको तरकारी खेती पूर्ण रुपमा बजार लान नपाउदाँ नष्ट भएको छ । मेहताले लागाएको मकै खेतीमा मल खादको अभावले सुक्न थालेको बताउनुभयो ।
सुनसरी जिल्लाको दक्षिणवर्ती गाउँपालिकाको भुटहा, हरिनगर, देवानगंज, कप्तानगंज, लगायतका बजारमा केही मलखाद कालो बाजारी बढेको समेत किसानहरुले बताएका छन् ।