मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्चमा रिट – Nagarikabhiyan : National News

मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नियुक्ति, हेरफेर तथा कार्यविभाजन प्रथम दृष्टिमा नै गैरसंवैधानिक भएको ठहर गर्दै रिट हालेका हुन् ।

संविधानको धारा २, ७४, ७७ (ग) एवम् संविधानको धारा ७७ (३) को प्रतिकूल रहेकोले संविधानको धारा ४६, १३३ (२) (३) बमोजिम जेठ २१ गते भएको मन्त्रिपरिषद् हेरफेर तथा कार्य विभाजन तथा सोबाट निसृत सबै काम कारवाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर गरि परमादेश लगायत अन्य उपयुक्त आदेश दिन रिटमा माग गरिएको छ ।

ओलीले शुक्रबार राति जसपासहितलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । रिट निवेदन दर्ताको प्रक्रियामा रहेको छ ।