फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो – Nagarikabhiyan : National News

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल ,मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हाे ।

डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा २ रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । १५ दिनको अवधिमा मात्रै आयल निगमले इन्धनको मूल्य पुनः बढाएको हो ।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य १०८ र आन्तरिक हवाई इन्धनको मूल्य ८० रुपैयाँ प्रतिलिटर कायम भएको छ।