उद्योगमा आगलागी साढे तीन लाखको क्षती – Nagarikabhiyan : National News

उद्योगमा आगलागी साढे तीन लाखको क्षती

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका २ मा शुक्रबार राति आगलागी भएको छ । राती एक उद्योगमा भएको आगलागीमा साढे तीन लाख रुपियाँ भन्दा बढीको क्षति भएको छ ।
स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीमा तीन लाख ५० हजार बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । विद्युत् सर्ट भएर आगलागी भएको कार्कीले जानकारी दिनुभएको छ । आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको कार्कीको भनाई छ । इनरुवामा धेरै पछि आगलागीको घटना भएको र समयमा नै दमकल आएकाले बढी क्षती हुनबाट जोडिएको स्थानीय चन्दन गुप्ताले जानकारी दिनुभयो ।