सप्तरीमा बालिकालाई अपहरण गरी लैजाँदै गर्दा एकजना पक्राउ
२१ जेष्ठ २०७८, शुक्रबार १६:४८
सप्तरी । बालिका अपहरणको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सप्तरीको राजविराज नगरपालिका २ की एक १४ वर्षीया बालिकालाई मोटरसाइकलको पछाडि बसाएर लग्दै गर्दा स्थानीय ३७ वर्षिय नविन देवलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार नविनलाई पक्राउ गरेको सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिए ।
बालिकालाई ललाइफकाइ अपहरण गरी लगेरको थाहा पाए लगतै परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए । लगतै प्रहरीले देवलाई पक्राउ गरेको थियो ।
आरोपी नवीन हत्या,कुटपिट, लुटपिट,लागू औषध ओसारपसार , अपहरण लगायतका आपराधिक घटनामा समाजमा गर्दै , गराउदै आएको स्थानीयहरु बताउँछन् ।
नविनमाथि आवश्यक अनुसन्धान भइरहेको र कानुन बमोजिम कारबाही हुने एसपी धमललाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया