भोक्राहामा बिउ स्रोत केन्द्रको भवन निर्माण कार्य सम्पन्न , गाउँमा भयो कृषि विकास – Nagarikabhiyan : National News

भोक्राहामा बिउ स्रोत केन्द्रको भवन निर्माण कार्य सम्पन्न , गाउँमा भयो कृषि विकास

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पहिलो पटक बीउ स्रोत केन्द्रको भवन (गोदाम )निर्माण कार्य सम्पन्न भएको छ । संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रयोजना इकाई सुनसरी अन्तर्गत जिल्लाको भोक्राहा नर्सिङह गाउँपालिका २ अकाहामा स्थानीय तहको लागत सहभागितामा बीउ स्रोत केन्द्रको भवन (गोदाम )निर्माण कार्य सम्पन्न भएको हो । गाउँपालिका वार्ड नम्बर २ अकाहा बजार देखि पश्चिम कृषि बाटोको छेउमा किसानलाई लक्ष्ति गरेर भवन (गोदाम )को निर्माण गरेको जनाएको छ ।
किसानहरुले स्थानीयस्तरमा उन्नत जातको बीउ बिजन उत्पादन गर्नुका साथै उत्पादन भएको बिउबिजनलाई प्रसोधन गरेर किसानलाई नै बिउ सहज तवरले आपूर्ति गर्ने उदेश्यका साथ भवनको निमार्ण गरिएको हो । स्थानीय कृषक समूहले उत्पादन गरेको बीउ किसानहरुलाई बीउ व्यावसायिककारण गर्ने र किसानहरुलाई कृषिमा उत्साह थप्न तथा उकासन, कृषि पेशामा आधारित कृषकलाई उन्नत जातको बिउ सहज हुने भएको छ । राष्टियस्तरको बजार पूर्वमा काकड्भिता देखि पश्चिममा चितवनसम्म यहाँको विउँ बिक्रीवितरण भइरहेको कुशवाहा तरकारी तथा बिज वृद्धि उत्पादन समूहका अध्यक्ष चन्दन मेहताले जानकारी दिनुभयो ।

गोदामका लागि ४ कठ्ठा जग्गा १५ बर्षका लागि वार्षिक छ हजार रुपियाँका दरले कुशवाहा तरकारी तथा बिज वृद्धि उत्पादन समूहले स्थानीय डोमनीदेवी मेहतासगं भाडामा लिएको कुशवाहा कृषक समूहका अध्यक्ष चन्द मेहताले बताउनुभयो । गोदामको लम्बाई ६४ फिट, चोडाइ ३१ फिट र उचाई २६ फिट रहेको साथै ४५×५० वर्ग फिटको बीउ थ्रेसिङ्ग फलोर समेत निर्माण गरिएको छ । कृषि आधुनिकीकरण परियोजनाको ३० लाख रुपियाँ, समूहको २८ लाख ९ सय ८२ रूपियाँ २२ पैसा र भोक्रहा नरसिंहगाउँपालिकाको ३ लाख रुपियाँ लागतमा बीउ गोदामको निर्माण कार्य समपन्न भए लगतै बिउ बिजन उत्दपान र प्रसोधनको कार्य सञ्चालन गर्ने भएको समूह अध्यक्ष मेहताले जानकारी दिनुभएको छ ।