‘नेपाल भेरियन्ट’ पोर्चुगलमा देखियो भन्दै डेलिमेलले यस्तो लेखेपछि बोल्यो WHO – Nagarikabhiyan : National News

‘नेपाल भेरियन्ट’ पोर्चुगलमा देखियो भन्दै डेलिमेलले यस्तो लेखेपछि बोल्यो WHO

काठमाडौं  । पोर्चुगलमा ‘नेपाल भेरियन्ट’को नयाँ संक्रमित फेला परेको भन्दै बेलायतको चर्चित पत्रिका डेली मेलले समाचार प्रकाशन गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले त्यसको जवाफ दिएको छ । डेलिमेलले नेपालमा नयाँ भेरियन्ट रहेको र संक्रमित पोर्चुगलमा फेला परेको भन्दै प्रमुख समाचार प्रकाशन गरेको थियो । तर विश्व स्वास्थ्य संगठनले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट फेला परेको बारेमा जानकार नरहेको बताएको छ।

नेपालस्थित डब्लुएचओको कार्यालयले ट्वीट गर्दै सो समाचार वारे प्रतिकृया दिएको हो । ट्वीटमा हालसम्म नेपालमा अल्फा, कप्पा र डल्टा भेरियन्टमात्रै देखिएको र नयाँ कुनै भेरियन्टको बारेमा डब्लुएचओलाई जानकारी नभएको उल्लेख गरेको छ ।

बेलायती पत्रिका डेली मेलले पोर्चुगलमा भाइरसको ‘नेपाल भेरियन्ट’ भेटिएको दाबी सहित प्रमुख समाचार प्रकाशन गरेको थियो। वैज्ञानिक स्रोतलाई हवाला दिँदै डेली मेलले प्रकाशन गरेको उक्त समाचारलाई बीबीसीलगायत अन्य मिडियाहरुले पनि प्राथमिकताका साथ प्रकाशन गरेका थिए । नेपाली भेरियन्ट फैलिएको भन्दै एकैछिनमा विश्वव्यापी भएको समाचारका बारेमा डब्लुएचओले प्रतिकृया दिएको हो ।

नेपालको स्वास्थ्य मन्त्रालयले समेत नेपाली भेरियन्टका बारेमा कनै जानकारी नआएको जनाएका छन् । समाचारमा उल्लेख भएका कुराहरुका बारेमा बेलायत सरकारसंग जानकारी माग गरिएको पनि मन्त्रालयले जनाएको छ । etajakhabar बाट