चार दिनको फरकमा कोरोनाबाट एकै घरका दाजुभाइको मृत्यु
१९ जेष्ठ २०७८, बुधबार १९:५५
उदयपुर । चार दिनको फरकमा उदयपुरमा कोरोना संक्रमणले एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । रौतामाई गाउँपालिका ७ मुर्कुचीका ५० वर्षीय पुस्कल मस्राङ्गी मगर, ४५ वर्षीय तुलबहादुर मस्राङ्गी मगरको चार दिनको फरकमा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि पुस्कललाई विराटनगरस्थित नोबेल अस्पताल र तुलबहादुरलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा जेष्ठ १५ गते राति तुलबहादुरको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।
जेठ १८ गते पुस्कलको नोबेल अस्पतालमा मृत्यु भएको सुवेदीले बताए । उनको आईसीयूमा राखिएर उपचार भइरहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया