१९ वर्ष माथिकाले मात्र ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ती खुल्यो, कसले दिन पाउँछ आवेदन ? – Nagarikabhiyan : National News

१९ वर्ष माथिकाले मात्र ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ती खुल्यो, कसले दिन पाउँछ आवेदन ?

काठमाडौँ । बेलायत सरकारले सन् २०२२ इन्टेकको लागि ब्रिटिस आर्मी र सिंगापुर पुलिसको आवदेन खुला गरेको छ। तर यस पटकबाट भने गोर्खा भर्ती प्रक्रियामा केही फेरबदल गरिएको छ।

बृटिस गोर्खा नेपालका अनुसार यसपटक १९ वर्ष पुगेका र २१ वर्ष ननाघेका नेपाली युवाले मात्र गोर्खा भर्ती प्रक्रियामा भाग लिन पउनेछन्।

यसअघि साढे १७ वर्षमा प्रवेश गरेकाले २१ वर्षको उमेरसम्म गोर्खा भर्तीमा भाग लिन पाउँथे। ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा इच्छुक सबैले अनलाईनमा आवेदन दिनसक्ने जनाइएको छ।

आवेदकहरुले एप्लिकेशन फारम तथा अरु दर्ताको लागि चाहिने कागजपत्रहरु स्क्यान गरेर तथा फोटो खिचेर २८ जुन बिहान को ८ बजे देखी १६ जुलाई दिंउसो को ५ बजे भित्र अनलाइन द्वारा पेस गर्नुपर्ने हुन्छ।

दर्ताको लागि वेबसाइट ठेगाना २८ जुन बिहान ८ बजे बृटिश गोर्खाज नेपाल वेबसाइटमा राखिने छ।

ब्रिटिस आर्मी र सिंगापुर पुलिसको शैक्षिक योग्यता

– सन् २०१६ साल सम्ममा नेपालमा एस. एल. सी. दिएको भए न्युनतम तेस्रो श्रेणीमा उतिर्ण भएको हुनुपर्नेछ।

– सन् २०१६ पछि नेपालमा एस. इ. इ. दिएको भए न्युनतम ५ x C ग्रेड  हुनुपर्ने। गणित र अंग्रेजीमा कम्तीमा C ग्रेड अनिवार्य हुनुपर्ने।

– GCSC, O LEVEL वा अन्य एस. एल. सी. तथा एस.इ.इ. सरहको प्रमाणपत्रहरु छन् भने न्युनतम ५ बिसयहरुमा C ग्रेड अनिवार्य हुनु पर्ने। अंग्रेजी र गणितमा कम्तीमा C ग्रेड हुनुपर्ने ।

– एस. एल. सी. तथा एस.इ. इ. कम्पार्ट पास (प्राइभेट एस.एल.सी. र खुला शिक्षा) लाई स्वीकार गरिने छ। CTEVT (प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद) को प्रामाण पत्र स्वीकार्य हुने छैन।

खबर सेन्टर बाट