सुनसरीका स्थानीय तहलाई १६ अर्व बजेट, कुन पालिकालाई कति बजेट ?
१८ जेष्ठ २०७८, मंगलवार १४:३९
सुरेन्द्र कुमार मेहता कुशवाहा
आर्थिक वर्ष २०७८÷०७९ को बजेट भाषणमा सुनसरीको १२ स्थानीय तहका लागि १६ अर्ब बढी बजेट समावेस गरिएको छ । जिल्लाको दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका गरि १२ स्थानीय तहमा न्युनतम अनुदाज्ञन, सुत्रमा आधारित अनुदान, चालु पुजीगत, शसर्त अनुदान र विषेश अनुदान सहित गरेर १६ अर्ब २९ करोड ३६ लाख रुपियाँ बजेट विनियोजना गरिएको छ ।
अन्तर सरकारी वित्तिय हस्तान्तरण स्थानीय तह महलमा विजियोजना गरेको बजेट अनुसार जिल्लाको इटहरी उपमहानगरपालिका लागि ८२ करोड ४३ लाख, धरान उपमहानगरपालिकाका लागि ८६ करोड ७७ लाख, इनरुवा नगरपालिकाका लागि ४६ करोड ३९ लाख, दुहवीका लागि ४४ करोड ३० लाख, बराहक्षेत्रका ६२ करोड ५६ लाख र रामधुनीका लागि ४२ करोड ४८ लाख रुपियाँ बजेट विनियोजन गरेको उल्लेख गरिएको छ ।
त्यसैगरी जिल्लाको कोशी गाउँपालिकाका लागि ३२ करोड ७८ लाख रुपियाँ, गढी गाउँपालिकाका लागि २९ करोड ९४ लाख रुपियाँ, देवानगञ्ज गाउँपालिकाका लागि ३१ करोड ९४ लाख रुपियाँ, बर्जु गाउँपालिकाका लागि २९ करोड ८७ लाख रुपियाँ, भोक्राहा नरसिंह गाउँपालिकाका लागि ३१ करोड १९ लाख रुपियाँ र हरिनगर गाउँपालिकाका लागि ३७ करोड ६५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । बजेटमा उल्लेख भएपनि अनुसार विषेश अनुदान पाउनेमा चार पालिकामा मात्रै रहेको छ । धरानले दुई करोड ९९ लाख, इटहरीले तीन कोड ४२ लाख , दुहवीले दुई करोड ४९ लाख र बराहक्षेत्रले दुई करोड ४९ लाख रुपियाँ विषेश अनुदान सहित बजेट सिलिगं पाएको छ भने अन्य आठ पालिकाले विषेश अनुदान नपाएको अवस्था छ ।
उता बजेटमा इटहरीमा प्रादेशिक रंगशाला निर्माण, बर्जु गाउँपालिकाको अमडुवामा विशेष आर्थिक क्षेत्रका लागि अध्ययन गरिने योजना बजेटमा समावेस छ भने बर्जु ताललाई पर्यटन क्षेत्र विकासको लागि बजेट छुट्याइएको छ । धरान धनकुटा सडक निर्माणका साथै सेउती सुरुङ्ग निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ ।
यो वर्षको बजेटले इटहरीमा प्रादेशिक रंगशाला निर्माण हुने, बह्राक्षेत्र धार्मिक पर्यटन प्रवर्द्धन विकस गरिने, इनरुवा काकाडभिट्टा रेलवे निर्माण कार्य प्रारम्भ गरिने र धरान–इटहरी मेगासिटी निर्माणसम्मका गौरवशाली योजना समावेश गरेको छ । यसैगरी चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालनमा देखिएका अवरोध हटाइने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया