प्रधानमन्त्रीले दिउँसो ४ बजे सम्बोधन गर्ने
१४ जेष्ठ २०७८, शुक्रबार १२:२४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे सम्बोधन गर्ने भएका छन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया