कोरोना भाइरस संक्रमणबाट नेपाली सेनाका सहायक रथीको निधन
१३ जेष्ठ २०७८, बिहीबार १०:३१
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ । संक्रमण भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार बिहान निधन भएको हो । करिब एक महिनाअघि देखि उहाँ सैनिक अस्पताल छाउनीमा उपचाररत हुनुहुन्थ्यो ।
उहाँलाई स्वास्थ्यमा समस्या भएपछि चारदिन अघिमात्र भेन्टिलेटरमा राखेर उपचार जारी थियो । केही महिनाअघिमात्र बंगलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेर फर्किनुभएका केसी सेनामा व्यवसायिक र अब्बल अधिकृतका रूपमा परिचित हुनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया