अस्पताललाई मन्त्रि कुसियैतको अक्सिजन,१० दिनपछि प्रदेशभरी नै कोरोना विरुद्धको खोप : कुसियैत
११ जेष्ठ २०७८, मंगलवार १४:३७
इनरुवा । अक्सिजनको अभाव भएको समाचार बाहिर आईरहेको बेला प्रदेश १ का उधोग, पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले इनरुवा अस्पताल र सुनसरीका दुई आइसोलेशन केन्द्रलाई अक्सिजन सहित आवश्यक स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ ।
प्रदान गर्दै नागरिक अभियानसंग कुराकानी गर्नुहुदै मन्त्री कुसियैतले प्रदेश १ भरीका जिल्लामा कोरोना विरुद्धको खोप लगाउने तयारीमा प्रदेश सरकार जुटेको बताउनुभयो । वहाँले कोरोनाको खोप काठमाण्डौ आएको र केही आउने क्रममा रहेकाले १० दिनभित्र विराटनगर खोप ल्याउने र त्यसपछि खोप लगाउने कार्यको थालनी हुने बताउनुभयो । खोप नआएसम्मका लागि प्रदेशभरी अस्पतालहरु, आईसोलेसन केन्द्रहरुमा स्वास्थ्य सामग्री र अक्सिजन सहितको व्यवस्थापनमा सरकारले ध्यान दिएको बताउनुभयो । कोरोना महामारी मानिसकै लापर्वाहीले पनि बढी सर्ने भएकाले खोप नआउनजेलसम्म धैर्य गर्दै स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन आग्रह गर्नुभयो ।
मन्त्री कुसियैतले जिल्लाको सदरमुकाम इनरुवामा रहेको इनरुवा अस्पतालको कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर ४० लिटरको दुई थान, मास्क, सेनिटाइजर, बाल्टिन, बिधुतिय प्रविधिबाछ अक्सिजन उत्पादन गर्ने मेसिन एक थान हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी जिल्लाको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी आइसोलेशन केन्द्र र हरिनगरको भुटाहा जेनेरल हस्पिटल आइसोलेशन केन्द्रलाई चार । चार थान अक्सिजन सहित स्वास्थ्य सामाग्री मन्त्री कुसियैतले आफै हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी मन्त्री कुसियैतले पूर्व तयारी स्वरुप इनरुवा अस्पताललाई १० वटा डेटवडी व्याग , बराहक्षेत्र र हरिनगरलाई दुई । दुई वडा डेटवडी व्याग समेत हस्तान्तरण गर्नुभयो ।
कोरोनाको दोश्रो भेरियन्ट महामारीको रुपमा आएकाले केही नागरिक अक्सिजन नपाएर ज्यान खतरामा रहेकोले मन्त्री कुसियैतले आफैले
अक्सिजन बोकेर सुनसरीको तीन स्थानीय अस्पताल तथा आईसोलेसन केन्द्रमा हस्तान्तरण गर्नुभएको हो ।
कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न प्रदेश सरकार लागिपरेको बताउनुहुदै मन्त्री कुसियैतले सुनसरीको तीन स्थानमा बिभिन्न सामाग्री हस्तान्तरण गर्नुभयो । वहाँले कोरोनालाई जित्नका लागि चाहिने आवश्यक सामाग्री उपलब्ध गराउन सरकारले कुनै कसर बाकी नराख्ने बताउनुभयो ।
सुनसरी क्षेत्र नं ४ (क)बाट प्रदेश सांसद समेत रहनुभएका मन्त्री कुसियैतले जिल्ला समन्वय समितिका प्रमुख तथा इनरुवा अस्पताल विकास समितिका अध्यक्षलाई स्वास्थ्य सामग्री तथा कोभिड–१९ जाँचमा आवश्यक पर्ने सामग्री हस्तान्तरण गर्नुभयो । इनरुवा अस्पताल संचालन समितिका अध्यक्ष गोपाल राज भण्डारीलाई सामग्री हस्तान्तरण गर्नुहुदै थप समस्यको बारेमा जानकारी समेत लिनुभएको थियो ।
त्यसैगरी हरिनगर गाउँपालिकाको भुटाहा जेनरल हस्पिटलमा सामाग्री हस्तान्तरण गर्नुहुदै मन्त्री कुसियैतले तत्काल आफूले अक्सिजन सहितको सामाग्री उपलब्ध गराएको र आवश्यक पर्ने सामाग्रीको सूची तयार गरी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्ने काम भएको बताउनुभयो । मन्त्री कुसियैतलाई हरिनगर आइसोलेशन केन्द्रमा मेडिकल अफिसर भएपनि थप एक जना फिजिसियन उपलब्ध गराईदिन गाउँपालिकाका अध्यक्ष गफार असारीले माग गर्नुभएको थिाये । भुटाहा आइसोलेशन केन्द्रमा बर्जु, देवानगञ्ज, हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाको संयुक्त रुपमा आइसोलेशन केन्द्रमा सञ्चालन गरेका छन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम मेहता, भोक्राहा नरसिंहका वडाध्यक्षहरु सुकदेव यादव, हारुण हन्सारी, हातिम अन्सारी, हरिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा, कार्यपालिका सदस्य सुशिल कुमार ठाकुर, भुटाहा आइसोलेशन केन्द्रका संयोजक राजकुमार मेहता लगायतको उपस्थिती रहेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया