सुदूरपश्चिम सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता – Nagarikabhiyan : National News

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता

काठमाडौँ । नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।