भट्केली छोरी माथि बलात्कार उद्योग गर्ने बुवा गिरफतार
९ जेष्ठ २०७८, आईतवार १४:३५
आफ्नै ९ वर्षिया झटकेली छोरी माथि बलात्कार( जबरजस्ती करणी) उधोग गरेको आरोपमा सुनसरीको रामधुनी नपा–८ तीनकुनेका ३५ वर्षिय बुवालाई गिरफतार गरिएको छ । रामधुनी घरभई हाल ईनरुवा–३ मा कोठा भाडामा बस्दै आएका ती ३५ वर्षिय पुरुषलाई जेष्ठ ९ गते विहान पीडित पक्षको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले जानकारी दिनुभयो । एसपी थापाका अनुसार आफ्नी श्रीमतीको पहिलो श्रीमान् पटिरटकी कान्छि छोरी आमालाई भेट्न भनि आएर आमासंगै केहीदिनदेखि संगै बस्दै आएकीमा जेठ ५ गते राती आमा निदाएको मौका पारी नौं वर्षिय पिडित बालिकालाई पीडकले करणीको प्रयास गरेका थिए ।
उक्त घटना पश्चात फरार रहेका निज आरोपीत व्यक्तिलाई जेष्ठ ९ गते बिहान प्रहरी चौकी डुम्राहाको टोलीले इनरुवा–८ बङकुल्वा पूर्वी टोलबाट पक्राउ गर्न सफल भएको एसपी थापाले जानकारी दिनुभयो ।
ती पुरुष उपर मुलुकी अपराध संहिता ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान प्रकृया सुरू गरीएको जनाएको छ । पीडित बालिकाको जेठ ६ गते वीपि मनेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा अस्तालनमा स्वास्थ्य परीक्षण गरिएको पीडितकी आमाले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया