बर्जुको आठ तल्ले भ्यु टावर ओझेलमा, जनप्रतिनिधि किन मौन – Nagarikabhiyan : National News

बर्जुको आठ तल्ले भ्यु टावर ओझेलमा, जनप्रतिनिधि किन मौन

 बर्जु । १ नम्बर प्रदेशको राजधानी बिराटनगर देखि ७ कि मि पश्चिम् सुनसरी जिल्लामा रहेको बर्जु गाउँपालिकाको ऐतिहासिक ,संस्कृतिक ,पर्यटकीय स्थल चिमडी बर्जु ताल सिमसार क्षेत्रमा निर्माणाधिन आठ तल्ले भ्यु टावरको कार्य ओझेलमा परेको छ ।

यस भ्यु टावर निर्माण कार्यको टेन्डर शाह निर्माण सेवा इनरुवाले पाएता पनि बर्जु –३ निवासी दिपक कुमार रायले गरिरहेका छन् । उक्त भ्यु टावरको टेन्डर २०७६÷२०७७ मा बर्जु गाउँपालिकाको १ करोड ५० लाख र प्रदेश सरकारको १ करोड गरि जम्मा २ करोड ५० लाख बजेट भएपनि अहिले सम्म काम सम्पन्न गरेको छैन् । काम टेन्डरको आधारमा लिएको दुई वर्ष बितिसक्दा पनि आठ तले भ्यु टावर हाल सम्म १ तल्लामा नै सिमित छ्न ।

भ्यु टावर निर्माण गर्ने क्रममा बारम्बार कमिकमजोरी गर्दा काम बिचमा रोकिएको पनि थियो । ठेकेदार कम्पनि र गाउँपालिकाका बीच आपसी सहमपतिमा कामलाई पुनः सुचारु गरेको थियो । बजेट र इस्टिमेट अनुसारको काम नगरेको स्थानीयहरुले गुनासो गरेका छन् । निर्माण कार्यमा सिढिमा रड नहालिएको ,सिमेन्टको भाग कम भएको ,राती राती छत ढलाइ गरेको त्यो पनि पालिकालाई जानकारी नगराएकोले निर्माण कार्य अहिले ओझेलमा परेको हो ।

बिभिन्न कमिकमजोरी भएका कारण इन्जिनियर अजय कुमार मेहताले मुल्यांकन गर्न नमानेपछि बजेट निकासा नभएको र भ्यु टावर निर्माण कार्यमा ढिलाइ भएको जनगुनासो आउन थालेको हो । इन्जिनियर मेहताको भनाइ अनुसार मलाइ मेरो जागिर धरापमा पार्नु छैन यदि नियम सम्बत इस्टिमेटको आधारमा काम गरेको छ भने म त्यो फायल हेर्न तयार छु होइन भने बिगारेको कामलाइ सच्याएर आउन उनले आग्रह गरेको छ । बर्जु तालमा भ्यु टावराको काम यदि ७ दिन भित्र शुरु भएन भने यो गाउँ पालिकामा कि त मेयर आउनु हुन्न कि त इन्जिनियर अजय आउदैन भन्ने निचोड पनि निस्केको समचार श्रोतको दावी छ ।

एक महिना बितिसक्दा पनि काम सुचारु नभएको अवस्था छ । बिगत ४÷५ महिना देखि भ्यु टावरको निर्माण कार्य ठप्प छ्न यस अवस्थामा स्थानिय सरकार , जनप्रतिनिधिहरु मौन देखिन्छ । जनप्रतिनिधिहरु मौन हुनुका कारण ठेकेदार कम्पिनसँग कमिसन त आएका छैन् ? भन्ने प्रश्न पनि खडा हुन थालेका छन् । स्थानीहरुले बजेट र इस्टिमेट अनुसार काम हुनुपर्ने माग समेत गरेका छन् । यस बिषयमा जनप्रतिनिधिहरुले पनि चासो र चिन्ता राख्नु आवश्यक देखिन्छ ।