कोरोनाको खोप लगाएका ५ सयभन्दा बढी प्रहरीमा कोरोना पुष्टि, १० जनाको मृत्यु – Nagarikabhiyan : National News

कोरोनाको खोप लगाएका ५ सयभन्दा बढी प्रहरीमा कोरोना पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप लगाएका ५ सय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना बिरुद्धको खोप लगाइसकेका ५ सयभन्दा बढी प्रहरीमा संक्रमण देखिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमित मध्ये ५१४ जना होम आइसोलेसन र संस्थागत आइसोलेसन सेन्टरमा रहेका छन् भने ७ जना आईसीयूमा र १ सय १३ जना अस्पतालमा उपचारारत रहेका छन्।

कोरोना संक्रमणबाट १० जना प्रहरीको मृत्यु भएको छ भने ७ हजार ७१४ जना कोरोना मुक्त भएका छन्। हाल सम्म १५ हजार ३४८ जना प्रहरीले दोस्रो चरणको खोप लिइसकेका छन् ।