उपप्रमुख चौधरीको निधनको शोकमा स्थानिय तह बन्द गर्ने
४ जेष्ठ २०७८, मंगलवार १८:१२
राजविराज । सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको निधनको शोकमा जिल्लाका सबै स्थानीय तह भोलि बुधबार बन्द गरिने भएको छ ।
जिल्ला समन्वय समितिका अनुसार उपप्रमुख चौधरीको निधन भएको शोकमा भोलि सप्तरी जिल्लाभरिका सबै स्थानीय तहका शाखा÷उप शाखा र वडा कार्यालय समेत बन्द गरिने भएको जनाइएको छ ।
राजविराजमा नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुको आज बसेको बैठकले यस्तो निर्णय गर्दै भोलि सबै स्थानियतह बन्द शोकमा बन्द रहने जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिनुभयो ।
सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरि १८ वटा स्थानिय तह रहेका छन । सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख चौधरीको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ । उहाँको विराटनगर स्थित विराट नर्सिङ होममा उपचाररर्थ रहको अवस्थामा अस्पतालमै मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया