भन्सार छली अवैध रुपमा ल्याएको सुर्ति जन्य पादार्थ बरामद
१४ जेष्ठ २०७७, बुधबार २१:१६
इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट भन्सार छली अवैध रुपमा ल्याएको सुर्ति जन्य पादार्थ प्रहरीले बरामद गरेको छ । बुधबार विहानको समयमा भारतबाट भन्सार छली अवैध रुपमा सुर्ति जन्य पादार्थ ल्याउदैछ भन्ने प्राप्त सूचनाको आधारमा प्रहरी टोलीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले ईनरुवा नगरपालिका वडा नं.५ स्थित नहरमा चेक जाँच गर्ने क्रममा मोटर साईकलाई रोक्न खोज्दा मोटर साईकल छाडी भागेको को ३१ प १६५७ नंम्बरको मोटरसाईकल तथा सुर्ति ३ बोरा करिव २१ हजार बराबरको बरामद गरेको प्रहरीले जनाएको छ ।
एता सुनसरीको कोशी गाउँपालिका वडा नं. ८ स्थित कोशी ब्यारेजको पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश ०२ ०३ ००१ ख १०२ नं. को मिनि ट्रकमा अवैध सामग्री बरामद भएको छ ।
टकलाई रोकी चेकजाँच गर्दा ट्रकमा रहेका खाद्यन्न तथा खुद्रा सामानहरुको प्यान बिल काटी आन्तरिक राजश्वको भ्याट बिल नकाटी लैजादै गरेको फेला पारेको हो । उक्त ट्रक तथा सरसामानहरु बरामद गरी चालक ईटहरी उपमहानगरपालिका वडा नं. ९ का ढगेन्द्र पोखरेललाई पक्राउ गरीएको छ । पक्राउ गरिएको पोखरेललाई राजश्व अनुसन्धान कार्यालय ईटहरीमा आवश्यक कार्वाहीको लागि पठाईएको छ ।
त्यसैगरी प्रहरीले सुनसरी हरिनगर गाउँपालिका वडा नं.१ जमुनगाछी स्थितमा पूर्व तर्फबाट आईरहेको को २६ प ५५४७ नम्बरको मोटर साईकललाई शंका लागि चेक जाँच गर्दा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको सैनिक खैनी ८० पोका,चिनी ९८ के.जी., बिडी ५८ प्याकेट,बिस्कुट २० के.जी., प्लाष्टिकको डोरी लगायतका सर समानहरु बरामद गरि भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाईएको छ ।
एता सोही पालिकामा नेपालबाट भारत तर्फ चोरी निकाशी गरी लैजादै गरेको उमङग र दिलवाले रक्सी ५९ काटुन फेला पारी नियन्त्रणमा लिई भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाईएको प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी अबैध घरेलु मदिरा बेचबिखन गर्नको लागि ओसार पसार गर्दै गरेको अवस्थामा २५ जर्किन (५००लिटर ) प्रहरी टोलीले फेला पारी नष्ट गरिएको शर्माले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया