भारत गएर फर्किएका २३ जना मध्ये ९ जनामा आरडिटि टेष्ट पोजेटिभ – Nagarikabhiyan : National News

भारत गएर फर्किएका २३ जना मध्ये ९ जनामा आरडिटि टेष्ट पोजेटिभ

इनरुवा । सुनसरीको दुहवीबाट भारत गएर फर्किएका २३ जना मध्ये ९ जनामा आरडिटि टेष्ट पोजेटिभ आएको छ ।

दुहबी नगरपालिकाका स्थानीय मध्ये १५ जनालाई दुहबी २ स्थित रहेको क्वारेन्टाइनमा राखिएको र ८ जनालाई दुहबी ४ स्थित रहेको मदरसामा सेल्फ क्वारेन्टाइनमा राखिएकोमा ९ जनाको आरडिटि टेष्ट रिर्पोट पोजेटिभ आएको हो ।

भारतबाट आएका २३ जनाको कोरोनाको आरडिटि जाँच गर्दा ९ जनामा पोजेटिभ रिर्पोट देखाएको दुहबीका स्वास्थ्य शाखाका उप संयोजक उचित नारायण शाहले जानकारी दिनुभयो । शाहका अनुसार उनिहरु सबैको सामान्य स्वास्थ्य जाँच गर्दा सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भएपनि आरडिटि टेष्ट पोजेटिभ आएकोले पीसिआर टेष्टका लागि स्वाव संकलन गर्ने जेठ १५ गते परीक्षणका लागि विराटनगरको कोशी अस्पताल पठाउने भएको छ ।

भारतबाट आएका २३ जना सहित दुहबीको क्वारेन्टाइनमा अहिलेसम्म ३० जना रहेका छन् ।