अभद्र व्यवहार गरेको विरुद्धको उजुरी नलिएको पीडितको गुनासो, न्यायका लागि भन्दै पहलको माग
१४ जेष्ठ २०७७, बुधबार १७:०६
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका ३ का ३८ वर्षिय विश नारायण मण्डलले आफूलाई अपहरण उद्योग गरेर अभद्र व्यवहार गरेको भन्दै पीडक विरुद्धको उजुरी दिन प्रहरीमा पुग्दा नलिएको गुनासो गर्नुभएको छ ।
पीडित मण्डलले आफूलाई देवानगञ्ज गाउँपालिका ४ कप्तानगञ्जका २७ वर्षिय ओमप्रकाश मेहताले विराटनगर जाने क्रममा अपहरण उद्योग गर्ने उदेश्यले अभद्र व्यववहार गरेको भन्दै पीडक विरुद्धको उजुरी दिन जेठ १४ गते प्रहरीमा पुग्दा उजुरी नलिएको गुनासो गर्नुभएको हो ।
मण्डलले आफूलाई जेठ ११ गते विहान साढे ९ बजेको समयमा मेहताले को २ प ५१३७ नम्बरको मोटरसाईकलमा पच्छाएर आफ्नो मोटरसाईलकको साचो खोल्ने र आक्रमणको प्रयास गरी अभद्र व्यवहार गरेकाले न्यायका लागि भन्दै प्रहरीमा जादाँ उजुरी नलिएकाले मानव अधिकार आयोग प्रदेश कार्यालय र इन्सेकलाई न्यायका लागि पहलको आग्रह गर्दै निवेदन दिनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया