पार्टी पुनर्गठनका लागि प्रचण्डले मागे सुझाव, इमेलबाटै पठाउन सकिने
३ जेष्ठ २०७८, सोमबार ०९:२४
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्गठनका लागि सुझाव मागेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीलाई कस्तो बनाउने भन्दै सार्वजनिक सुझाव मागेका हुन् ।
‘प्रचण्ड’लेआगामी दिनमा पार्टीको विचार, राजनीतिक र संगठनात्मक संरचना कस्तो बनाउनुपर्छ भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा सुझाव मागेका हुन् । उनले घाइते, अपांग र शहीद परिवारको विषयमा विषयमा पनि राय मागेका छन् ।
अब माओवादी केन्द्रको नेता कार्यकर्ताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडि बढाउने सोच राखेकाले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको ‘प्रचण्ड’ले बताएका छन् ।
‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपांग एवं शहीद परिवार लगायत नेता कार्यकर्ताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडि बढाउने सोच राखेकाले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ,’ उनले लेखेका छन् । राय सुझाव पार्टीको इमेल ठेगाना [email protected] मा पठाउन अध्यक्ष प्रचण्डले अनुरोध गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया