केरा कुहिएपछि व्यवसायी निराश
१ जेष्ठ २०७८, शनिबार १४:१९
पश्चिम नवलपरासी। कोरोना भाइरसले सबैतिर आक्रान्त पारेको बेला पश्चिम नवलपरासीका फलफूल व्यवसायीहरु पनि त्यसको चपेटामा परेका छन्। जिल्लामा जारी भएको निषेधाज्ञाका कारण १० लाख बराबरको केरा गोदाममै कुहिएको फलफूल व्यवसायी मेगराज हमालले बताए।
नेपालमा यतिबेला केरा नपाउने र भारतबाट केरा मगाउन पर्ने बाध्यता रहेको छ। यता अर्डर गरेको केरा आउन साथ निषेधाज्ञा सुरु भएपछि पश्चिम नवलरासीका बजार लगायत रुपन्देही, नवलपुर र चितवनका बजारमा केरा सप्लाई नहुदाँ गोदाममै कुहिएको व्यवसायी मेगराज हमालले बताए।
विगत ४ वर्षदेखि सुनवल ४ मा रेसुङ्गा फुट सेन्टर नै सञ्चालन गरी फलफूलको व्यवसाय गरेका हमाल चिन्तित हुँदै २० टन केरा कुहिएपछि झिङ्गा माखा लाग्न थालेकोले फाल्नुको विकल्प नभएकोे बताए।
पहिलो चरणको कोरानाले नै थला पारेको व्यापार व्यवसाय दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण झनै फैलिदा निषेधाज्ञा अगाडिनै अडर गरेको केरा लगाएतका फलफूल बिक्री नहुँदा फलफूल व्यवसायी मर्कामा परेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया