लघुवित्तका ऋणीलाई १०% सम्म ब्याज छुट
१ जेष्ठ २०७८, शनिबार ०८:४७
काठमाडौँ । लघुवित्त वित्तीय संस्थाबाट ऋण तथा सापटी लिएका ग्राहकले ५ देखि १० प्रतिशतसम्म ब्याज छुट पाउने भएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले बिहीबार उक्त निर्णय गरी कार्यान्वयनका लागि सदस्य संस्थालाई परिपत्र गरेको छ ।
संघमा आबद्ध नभएका संस्थालाई पनि परिपत्र पठाएर ब्याज छुट र स्वास्थ्य मापदण्ड पालना गराउन सुझाएको अध्यक्ष लम्सालले जानकारी दिए । डेभलपमेन्ट बैंकर्स एसोसिएसनले पनि बैंकिङ समय घटाउने निर्णय गरेको छ । संघले शुक्रबार सूचना जारी गर्दै उक्त जानकारी दिएको छ ।
ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र सम्भव भएसम्मका अझ थप उपाय अवलम्बन गर्ने सूचनामा उल्लेख छ । ग्राहकलाई परिस्थिति केही सहज नभएसम्म ससानो निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्ने पनि निर्णय पनि एसोसिएसनले गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया