बर्दिवासबाट लागु औषधसहित एक जना पक्राउ
३१ बैशाख २०७८, शुक्रबार १०:३१
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–१४ बाट एक ब्यक्ति अवैध लागु औषधसहित पक्राउ परेका छन । २५ वर्षीय राकेश श्रीनेत ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट नाइट्राभेट ८६ ट्याब्लेट, १ सय एमएलका चार बोतल कोडिन फोस्फेट र ८ क्याप्सुल स्पास्मो पोक्सिभोन बरामद गरिएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । आरोपीउपर लागु औषध मुद्दामा म्याद थपेर अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया