विराटनगरको कोसी कोभिड अस्पतालबाट एक संक्रमित वेपत्ता
३१ बैशाख २०७८, शुक्रबार ०८:५८
विराटनगर । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुष अस्पतालबाटै वेपत्ता भएका छन् ।
तेह्रथुमको लालिगुराँस नगरपालिका–२ वसन्तपुरका ५७ वर्षीय तुलाराम श्रेष्ठ नाम गरेका संक्रमित बुधबार देखि अस्पतालबाटै वेपत्ता भएको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका फोकल पर्सन वैजनाथ साहले जानकारी दिए । उनलाई बैशाख २७ गते अस्पतालमा भर्ना गरिएको थियो ।
जेनेरल वार्डमा भर्ना गरिएका उनमा मानसिक समस्या जस्तो देखिएको थियो । उनले कुनै नशा छुटेजस्तो व्यवहार दोहो¥याउने गरेका थिए, साहले भने–बाहिर निस्कन बारम्बार प्रयास गरेका कारण अन्य संक्रमितको उपचारमा समेत समस्या पारिरहेका थिए । बारम्बार बाहिर–भित्र गरिरहने गरेका कारण अस्पतालका चिकित्सक र नर्सलाई हैरान बनाएका उनी कसरी भागे भन्ने यकिन भएको छैन ।
शै्याामा लगेर राखेपनि पछि राउण्डमा जाँदा नभेटिएको साहले बताए । सो विषयमा संक्रमित विरामीका आफन्तालाई जानकारी गराएपनि हालसम्म कुनै खबर नआएको उनले बताए । अस्पतालमा रहेका सुरक्षाकर्मीदेखि अन्य स्वास्थ्य कर्मचारीले समेत थाहा नपाउने गरि उनी पछाडीबाट भागेको हुनसक्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया