युवा संघमा अध्यक्ष रमेश यादवले गरे माक्स वितरण
२५ बैशाख २०७८, शनिबार १७:५४
इनरुवा । राष्ट्रिय युवा संघ भोक्राहा नरसिंह गाउँ कमिटीका अध्यक्ष रमेश कुमार यादवले शहरमा होइन गाउँ घर गएर माक्स वितरण गरेका छन् ।
कोरोना माहामारीबाट जोगिन सन्देश प्रवाह गर्दै साकेतिक रुपमा माक्स, सेनिटाइजर समेत वितरण गरेको छ ।
अध्यक्ष यादवले ग्रामिण क्षेत्रमा नागरिकहरुलाई कोरोनाबाट बच्ने उपायको बारेमा जानकारी दिदैँ परिक्षण अभ्यास समेतका लागि सेनिटाइजर हातमा लगाएर र माक्स वितरण गरेर आफुपनि बचौँ अरुलाई पनि बचाउँ अभियान गरेको बताएका छन् ।
यादवले आफु स्काउटको समेत भोक्राहा नरसिंह गाउँ कमिटी प्रतिनिधि भएको र समाजसेवा समेत गर्दै आएकोले आफ्नो साम्थ्र्यले भ्याए सम्म केही सहयोग गरेको बताए ।
उनले भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ को हनुमान चौक माक्स विना अत्यावश्यक कामले हिड्ने युवा तथा महिलालाई रोकी माक्स वितरण गरेको हो ।
यादवले काली मन्दिर चौक, लकडाउन चौक, बजरंग चौक, मण्डल चौकमा गएर बाटोमा हिड्ने तथा केही व्यक्तिहरुको घर घरमा गएर करिव ३ हजार माक्स वितरण गरिएको स्थानीय प्रभु मण्डलले जानकारी दिए ।
सो माक्स वितरण कार्यक्रममा स्थानीय युवा चन्दन यादव, संजय केडी, प्रहरी चौकी नरसिंहका इन्चार्ज प्रहरी नायव निरिक्षक नरायण निरौला, नेकपा एमाले सुनसरी जिल्ला सदस्य रमेशप्रसाद यादव, सुनिल कु्मार साह, शिवनारायण यादव, श्यमकुमार मण्डल लगायतको सहभागीता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया