विराटनगरबाट लागुऔषधसहित २ जना पक्राउ – Nagarikabhiyan : National News

विराटनगरबाट लागुऔषधसहित २ जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाको मुसहर टोलबाट दुईजना लागुऔषधसहित पक्राउ परेका छन । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ घर भएका २४ वर्षीय असिम बस्नेत र ३२ वर्षीय पोष्ट कुमार वि.क. रहेका छन् ।

को २५ प २५५५ नम्बरको स्कुटरमा सवार उनीहरुको साथबाट ३० एम्पुल डाईजोल्याप, ३० एम्पुल लुपिजेसिक, सोही परिमाणमा फेनारगन र एभिल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुसंग डाईलेक्स डिसी १ बोतल र नाइट्रोजन ट्याब्लेट १० वटा बरामद भएको छ ।

लागु औषध कारोबारीलाई थप अनुसन्धान र कारवाहीका लागी ईलाका प्रहरी कार्यालय रानीमा बुझाइएको बिओपी दरैयाको सशस्त्र प्रहरी टोलीले जनाएको छ ।