झापामा चट्याङ लागेर गस्तीमा हिँडेका प्रहरी सहायक निरीक्षकको मृत्यु
२१ बैशाख २०७८, मंगलवार ०९:२१
झापा । गएराति चट्याङ लागेर झापाको किचकबध प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको मृत्यु भएको छ ।
राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए।
चट्याङले लाग्नासाथ उनलाई उपचारका लागि भद्रपुरको पाथीभरा अस्पताल ल्याइएको थियो। उनलाई तत्कालै चिकित्सकले मृत घोषित गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया