बर्जुमा सर्पको टोकाइबाट एक जनाको मृत्यु
२० बैशाख २०७८, सोमबार १२:१६
बर्जु । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ६ चिमडी ऋषिदेब टोलाका एक जना महिलाको सर्पले टोकेर मृत्यु भएको छ । आइतवार राति खाना पकाउनका लागि दाउरा लिन जादा गोमन सर्पको टोकाइबाट अन्दाजि ५० वर्षीय शान्ती देवी रिषिदेवको मृत्यु भएको हो । रिषिदेवको सर्पले टोकेको केही बेरमै मृत्यु भएको स्थानियहरुले जाकारी दिएका छन् ।
स्थानियहरुको अनुसार मृतकको घर चैत्र महिनामा आगलागी हुदाँ जलेर खरानी भएका थियोे । उनले आफ्नो जिविकोपार्जन खुल्ला आकासमा त्रीपाल झुन्ड्याइ बिताइरहेकि थिइन ।
मृतको एक मात्र छोरा रहेको र छोरा बलत्कार केसमा सुधार गृहमा रहेको छ । मृतको केही बेरमै हिन्दु परम्परा अनुसार दाह संस्कार गरिने परिवारीक स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया