छिटाहामा चैते धान ड्रायर मेशिनका लागि भवन निर्माण हुदै – Nagarikabhiyan : National News

छिटाहामा चैते धान ड्रायर मेशिनका लागि भवन निर्माण हुदै

सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा चैते धानको विकास र विस्तार गर्ने उदेश्यका साथ कस्टम हायरिगं सेन्टर स्थापना संचालन प्रयोजनका लागि कृषि भवन निर्माण गर्ने भएको छ । चन्द्रोदय कृषि सहकारी संस्था लि. छिटाहाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ विरटानगरको सहयोग अनुदानमा भवन निर्माण र ड्रायर मेशिन खरिद गर्न अनुदान दिएकाले काम सुरु गर्ने गरी सिलान्यस गरिएको हो । विहीबार एक कार्यक्रमका बीच बाली संरक्षण प्रयोगशाला प्रदेश १ विराटनगरका अधिकृत मुकेश यादवले भवन निर्माण गर्ने गरी सिलान्यास गर्नुभएको छ । भवन निर्माणका लागि प्रदेश सरकारले ४९ लाख २२ हजार र चन्द्रोदय कृषि सहकारी संस्था लि. छिटाहाले १७ लाख ७४ हजार सहित कुल ६६ लाख ९६ हजार रुपियाँ लागतमा लाग्ने जनाएको छ । त्यसैगरी आईसर ट्याक्टर ६५० , ६० एचपीको लागि प्रदेश सरकारले १४ लाख ७७ हजार ५० र सहकारीले चार लाख ९२ हजार ५०० रुपियाँ गरि १९ लाख ७० हजार रुपियाँ र मोविल डायरका लागि प्रदेश सरकारले १६ लाख ५०० र सहकारीले पाँच लाख ३३ हजार ५०० रुपियाँ गरि २१ लाख ३४ हजार रुपियाँ गरि कुल एक करोड ८ लाखको काम हुने भएको आयोजक संस्था चन्द्रोदय कृषि सहकारी संस्था लि. छिटाहाका अध्यक्ष सुरेन्द्र मेहताले जानकारी दिनुभयो । सिलान्यस सहित बजेट सार्वजनिकिरण गरिएको मेहताले बताउनुभयो । सिलान्यास कार्यक्रममा बाली संरक्षण प्रयोगशाला प्रदेश १ विराटनगरका अधिकृत मुकेश यादव, घनशयम बराल, गढी ३ की वडा सदस्य ललती चौधरी, दुहवी ११ की सुमित्रा कुमारी भागडनी, मजलुम मियाँ, इन्द्र राय , कृषि प्राविधिक भुवनेश्वर यादव सहितको उपस्थिती रहेको स्थानीय निरज यादवले बताउनुभयोे ।
१, सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा कृषि भवनको सिलान्यास गर्दै ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा