छिटाहामा बाली शिविर सम्पन्न – Nagarikabhiyan : National News

छिटाहामा बाली शिविर सम्पन्न

सुनसरी । सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा घुम्ती बाली उपचार शिविर सम्पन्न भएको छ । स्थानीय चन्द्रोदय कृषि सहकारी संस्था लि. छिटाहाको समन्वय र बाली संरक्षण प्रयोगशाला प्रदेश १ विराटनगरको सहयोग र आयोजानमा घुम्ती बाली उपचार शिविर सम्पन्न भएको हो । सम्पन्न भएको घुम्ती बाली उपचार शिविरमा ५० बढी किसानलाई तरकारी, उखु, आप, लिची, केरा, भाण्टा, भिण्डी सहित लहरेबालीको परीक्षण सहित निशुल्क विषधी र औषधी वितरण गरेको थियो । शिविरमा बाली संरक्षण प्रयोगशाला प्रदेश १ विराटनगरका अधिकृत मुकेश यादव, घनशयम बराल सहितकाले बाली उपचार र रोग तथा किरा पहिचान गरेर औषधी प्रदान गर्नुभयो । प्रदेश सरकारको सहयोग र आयोजानमा गाउँमा पहिलो पटक भएको घुम्ती बाली उपचार शिविरबाट आफू र वडाबासीलाई निकै लाभ मिलेको गढी ३ की वडा सदस्य ललती चौधरीले बताउनुभयोे । किसानको माग र समस्यालाई ध्यानमा राखी विशिर गरेको चन्द्रोदय सहकारीका अध्यक्ष सुरेन्द्र मेहताले जानकारी दिनुभयो ।

१, सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा सम्पन्न भएको बाली उपचार शिविरमा वाली परिक्षण गर्दै प्रयोगशालाका प्राविधिकहरु । तस्बिर ः जयकृष्ण यादव । इनरुवा