बाबा रामदेव च्यानलहरूमा देखिएको घरमै अक्सिजन बनाउने उपायहरू भ्रामक र WHO सुझाव विपरीत
१७ बैशाख २०७८, शुक्रबार १०:२४
बीबीसी । भारतमा अक्सिजन उपचारको आवश्यकता परेकाहरू औषधिका विभिन्न उपाय अपनाउँदै छन् । जसमा भारतका सबभन्दा प्रख्यात योग गुरु बाबा रामदेव न्यूज च्यानलहरूमा आइरहन्छन् र उनले आफ्नो यूट्युब च्यानलमार्फत पनि घरमै अक्सिजन स्तर बढाउने उपायहरू सुझाइरहन्छन्
।
शरीरमा अक्सिजनको मात्रा बढाउने घरेलु उपायका नाममा उनीहरू गलत उपचार अपनाउँदैछन् । तर त्यसले कोरोनाभाइरस बिमारीलाई सघाउने कुनै प्रमाण छैन । योगगुरुका सुझाव डब्लुएचओको सुझाव विपरीत छ ।
योग गुरुबाट जनता यसरी ठगिए
भिडिओमा औँलामा अक्सिजन स्तर नाप्ने डिभाइस राखेका उनी भन्छन्, “देशभरि अक्सिजनबारे कोकोहोलो छ, तर म तपाईँलाई जादु देखाउँछु।” सास रोकेर बस्दा उनको रगतमा अक्सिजनको मात्रा सुरक्षित स्तरभन्दा तल खसेको देखिन्छ। त्यसपछि उनी भन्छन् ‘२० सेकेन्डमा अक्सिजनको मात्रा तल झर्यो, अब दुई पटक लामो सास फेर्नुहोस् र जीउमा प्रशस्त अक्सिजन लिनुहोस्, यो (वातावरणमा) प्रशस्त उपलब्ध छ।’
WHO का अनुसार
योग गर्नु सामान्यतया स्वास्थ्यको निम्ति राम्रो मानिए पनि कोभिडजस्तो रोगका कारण अक्सिजनको मात्रा शरीरमा घटेको छ भने त्यसका निम्ति मेडिकल अक्सिजन नै प्रयोग गर्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ।
“यदि अक्सिजनको स्तर न्यून छ, लामो समयदेखि न्यून छ, र यदि त्यसको उपचार गरिएन भने शरीरका कोषहरू आफसेआफ काम गर्न बन्द गर्न थाल्छन्। यस्तो बेलामा जीवनरक्षक उपचार भनेको मेडिकल अक्सिजन दिलाउनु नै हो,” डब्लुएचओकी डा. ज्यानेट डियाजले भनिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया