घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
१५ बैशाख २०७८, बुधबार ११:५२
बुधवार सुनचाँदीको मूल्य घटेकाे छ । मंगलवार प्रतितोला ९१ हजार २ सय रूपैयाँमा काराेबार भएकाे छापावाला सुन प्नतिताेला ७ सयले रूपैयाँले घटेर ९० हजार ५ सय रूपैयाँमा काराेबार भइरहेकाे नपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यस्तै तेजावी सुन प्रतिताेला ९० हजार रूपैयाँमा काराेबार भइरहेकाे छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । मंगलवार चाँदीको मूल्य १३ सय १५ रहेको थियो भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १३ सय ५ कायम भइ कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया