महाधिवेशन आयोजक कमिटी बैठकअघि बालुवाटारमा स्थायी कमिटी बैठक जारी – Nagarikabhiyan : National News

महाधिवेशन आयोजक कमिटी बैठकअघि बालुवाटारमा स्थायी कमिटी बैठक जारी

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा नवगठित स्थायी कमिटीको बैठक बसेको हो।

आइतबार बिहान १० बजेका लागि एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको थियो। ‘महाधिवेशन आयोजक कमिटीमा लैजाने केही महत्त्वपूर्ण अजेन्डालाई स्थायी कमिटीमा पारित गरेर लैजान खोजिएकाले बैठक बसेको हो,’ केपी शर्मा ओली निकट नेता कर्ण थापाले जानकारी दिए।