उराँव विधार्थीलाई सम्मान
११ बैशाख २०७८, शनिबार १९:११
सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा क्याम्पसस्तरीय विधार्थी अन्तरक्रिया कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सनिबार सम्पन्न भएको कार्यक्रममा सुनसरी र मोरगं सहित विभिन्न जिल्लाका ६७ जना उराँव विधार्थीलाई सम्मान गरिएको नेपाल उराव आदिबासी जनजाती प्रतिष्ठान इनरुवाले जनाएको छ ।
विधार्थीहरुको उच्च शिक्षामा पहुच स्थापित गर्नका लागि शैक्षिक सामग्री सहित सम्मान गरिएको नेपाल उराँव आदिबासी जनजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो ।

उराँवका अनुसार शिक्षा, सचेतनामा पछि परेको समुदाय भएकाले युवा तथा विधार्थीलाई प्रोत्साहन गर्नका लागि सम्मान गरेको बताउनुभयो । यसैबीच नेपाल उराँव आदिबासी जनजाती प्रतिष्ठान इनरुवाले आयोजना गरेको कार्यक्रमका सहभागी सरोकारवालाहरुले शिक्षा, रोजगार र सचेतना अभियान सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उराँव सहभागीहरुले उराव समुदायको सबै बालबालिकालाई विद्यालय शिक्षा अनिवार्य दिनुपर्ने, उच्च शिक्षामा पहुच स्थापित गर्नुपर्ने, कम्तिमा कक्षा १२ सम्म उराँव विधार्थीका लागि पूर्ण निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष नुनुलाल उराँव, प्रधानाध्यापक परमेश्वर उराँव, शिक्षक सम्पतलाल उराव, जयकुमार उराव, वर्तमान अध्यक्ष बेचन उराँव, जयप्रकाश उराँव, रामलाल उराँव, दुर्गा नारायण उराँव, ब्रहमदेव उराँव, सुरज कुमार उराँव र पत्रकार जयकृष्ण यादव सहितले बोल्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया