दोश्रो कोरोना लहर –  लकडाउन हुनु अघि खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह – Nagarikabhiyan : National News

दोश्रो कोरोना लहर –  लकडाउन हुनु अघि खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह

काठमाडौं ।  नेपाल एलपी ग्यास उद्योग सङ्घले आज एक सूचना जारी गर्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ ।

कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने र

गतवर्ष कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आकस्मिकरुपमा ‘लकडाउन’ गरेसँगै ग्यासको हाहाकार मच्चिएको थियो । दोश्रो कोरोना महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले बताउनुभएको छ ।

छिमेकी भारतलगायत नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएको छ । यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ । साथै नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमताअनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखेकोे छ ।