फेरी ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो
९ जेष्ठ २०७७, शुक्रबार २०:४४
काठमाडौं । थप ९ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।
शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया