मोरङका एक महिलालाई चट्याङ लागेर मृत्यु – Nagarikabhiyan : National News

मोरङका एक महिलालाई चट्याङ लागेर मृत्यु

मोरङ ।  कानेपोखरी २ दलेली स्थित बसोबास गर्ने ४३ बर्षीय सुकवती राजवंशीको चट्याङ लागेर मृत्यु भएको छ ।

आज बिहान साढे ८ बजे उनी पानी परेकोले घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी गम्भिर घाईते भएकी थिइन् ।

घाईते राजवंशीको उपचारको लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।