नेपाली बजारमा बढ्यो सुनको मुल्य १३ सय – Nagarikabhiyan : National News

नेपाली बजारमा बढ्यो सुनको मुल्य १३ सय

काठमाडौ । आज सुन र चाँदीको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ७ रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा १ हजार ३ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँ‍ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।