आज पनि बढ्यो सुनको मुल्य, चाँदीको भने स्थिर
६ बैशाख २०७८, सोमबार ११:३०
काठमाडौं । आज (सोमबार) पनि सुनको मूल्य तोलाको तीन सयले बढेर ९१ हजार पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य १३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तीन दिनदेखि स्थिर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया